
Aug 15 2025 | २०८२, साउन ३० गते
काठमाडौं । कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले पार्टी सदस्यता परित्याग गरेकी छन् । उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएकी हुन् ।
जारी विज्ञप्तिमार्फत सभामुख गुरुङले भनेका छन्, ‘सभामुख पदका हिसाबले साझा भूमिकामा रहनुपर्ने भएकाले संवैधानिक प्रावधानप्रति प्रतिबद्ध हुँदै म आबद्ध रहेको दल नेकपा एमालेको सम्पूर्ण जिम्मेवारी र आबद्धताबाट अलग भएको घोषणा गर्दछु ।’
सत्ता गठबन्धन दल नेकपा एमालेबाट गुरुङ यही माघ १ गते सभामुखमा निर्वाचित भएकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij