Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

माओवादी स्थायी कमिटीको बैठक बस्दै

माओवादी स्थायी कमिटीको बैठक बस्दै

  • काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज स्थायी कमिटी बैठक बोलाइएको हो ।

    images
    images
    images

    समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न बैठक बोलाइएको महासचिव देव गुरुङले बताएका छन् । पार्टी सङ्गठन विकास र विस्तारको विषयमा पनि छलफल हुने उनले बताए । केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि पनि बैठकका एजेण्डा छन् ।

    images

    डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताबारे माओवादीसँग सहमति भइसकेको छ । यस्तै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकताको चर्चा छ ।

    आजको बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij