Jun 15 2026 | २०८३, असार १ गते
ललितपुर । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ‘सडक डिभाइडर हस्तान्तरण’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शिद्दी विक्रम शाहको अध्यक्षतामा र नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका वरिष्ठ महाप्रबन्धक दिवेश बाबु तिवारीको प्रमुख आतिथ्यतामा भएको हो ।
समुदाय प्रहरी साझेदरी कार्यक्रम अन्तर्गत सडक दुर्घटना र मानवीय क्षति न्यूनीकरणमा नेपाल प्रहरीलाई सहयोग गर्ने उदेश्यले जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुखलाई सडक डिभाइडर हस्तान्तरण गरिएको हो । कार्यक्रमका बिच कम्पनीले १२ ओटा सडक डिभाइडर उपलब्ध गराएको थियो ।
उक्त कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका महाप्रबन्धक दिवेश बाबु लोहनीले यस्ता किसिमका सामाजिक हितसँग सम्बन्धित कार्यहरूमा प्रहरीसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै आउँदा दिनहरूमा पनि कम्पनीको तर्फबाट सकेको सहयोग उपलब्ध गराउने धारणा व्यक्त गरे । प्रहरी वरिष्ठ उपरीक्षक शाहले प्रहरीको तर्फबाट धन्यवाद सहित प्राप्त सामाग्रीको उच्चतम प्रयोग र सदुपयोग गर्ने बाचा गरेका छन् ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij