
Jul 25 2025 | २०८२, साउन ९ गते
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी (नेपाल)का अध्यक्ष माधवकुमार नेपालबीच भेटर्वाता भएको छ ।
भेटर्वातामा अध्यक्ष नेपालले संघमा तीन मन्त्री र प्रदेशमा एक मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन् । अध्यक्ष नेपालले शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटेर यस्तो दावी गरेका हुन् ।
यसअघि एकीकृत समाजवादीले कोशी प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने बताउदै आएको छ । चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेसँगै प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij