Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

साफ यू–१७ महिला च्याम्पियनसिपः नेपाल र रुस भिड्दै

साफ यू–१७ महिला च्याम्पियनसिपः नेपाल र रुस भिड्दै

  • बंगलादेशको ढाकामा जारी साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आज (आइतबार) युरोपियन टोली रुसको सामना गर्दैछ।

    onlinepatrika
    Arghakhachi

    खेल ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा नेपाली समयानुसार बेलुका ७ बजे सुरु हुनेछ। दुई खेलमा ३ अंक जोडेको नेपाल आज रुसलाई हराउँदै दोस्रो जित निकाल्ने योजनामा छ। यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल भारतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ५–० ले हराएको थियो। 

    AGNI GROUP

    रुस भने लगातार तेस्रो जितको खोजीमा छ। उसले पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा भुटानलाई हराएको थियो। नेपालले चौथो खेलमा पर्सि आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij