Logo

Jul 25 2025 | २०८२, साउन ९ गते

Jul 25 2025 | २०८२, साउन ९ गते

श्रीलङ्कामा इन्धनको मूल्य घटाइयो

श्रीलङ्कामा इन्धनको मूल्य घटाइयो

  • चरम आर्थिक संकटवाट गुज्रिएको श्रीलङ्काले आफ्नो आर्थिक स्थितिमा सुधार ल्याएसँगै इन्धनको मूल्य घटाउने भएको छ । आर्थिक स्थिति क्रमशः नियन्त्रणका साथै सुधार हुँदै गएको जनाउँदै ऊर्जामन्त्री कञ्चना विजेसेकराले बिहीबार मध्यरातदेखि इन्धनको मूल्य घटाइने जनाएकी छन्।

    images
    images
    images

    मन्त्री विजेसेकराका अनुसार मध्यरातपछि पेट्रोलको मूल्यमा प्रतिलिटर रु ६०, डिजेलमा रु ८० र मट्टितेलमा रु १० ले घट्नेछ भने जसअनुसार उपभोक्ताले एक लिटर पेट्रोल रु ३४०, डिजेल रु ३२५ र मट्टितेल रु २९५ मा पाउनेछन् ।

    images

    अन्तर्राष्ट्रिय मुद्रा कोषले ऋण स्वीकृत गरेसँगै इन्धन आपूर्तिकर्ताबाट प्रतिस्पर्धी मूल्य प्राप्त भएकाले इन्धनको मूल्य घटाउने निर्णय सरकारले गरेको ऊर्जामन्त्रीले बताएकी छन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij