Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनाउने भएको छ। यसअघि गत चैत १७ गते भएको मन्त्रिमण्डल विस्तारमा सो पार्टीका प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका रूपमा जिम्मेवारी पाइसकेका छन्।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा चपाईंको पनि शपथ हुन लागेको एकीकृत समाजवादीले जनाएको छ। राष्ट्रिय सभा सदस्य चपाईं सुर्खेत निवासी हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij