
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । मलेसिया विरुद्धको टी-२० सिरिजका लागि क्वालालाम्पुर पुगेको नेपाली महिला टीमले आफ्नो पहिलो खेलमा खराब प्रदर्शन गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालका कुनै पनि खेलाडीले गतिलो इनिङ खेल्न असफल हुँदा १६.५ ओभरमा अलआउट हुँदै ५० रनमा समेटिएको छनेपालका लागि सम्झना कुमारी खड्काले १३ रन बनाउनु सर्वाधिक रह्यो।
उनीबाहेक ज्योती पाण्डेको ११ रन थप दोहोरो स्कोरका रूपमा रह्यो। नेपालले अतिरिक्त रनका रुपमा ११ रन प्रताप्त गरेको थियो।
नेपाललाई सस्तैमा समेट्ने क्रममा मलेसियाका लागि निक नुरले ३ विकेट लिँदा एना हमिजा र ऐसा एलेसा र महिराज इस्मालिले समान २(२ विकेट लिएका थिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij