
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । संघीय संसद सचिवालयले होटलमा कार्यक्रम गर्ने गरेको भन्दै प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा प्रश्न उठेको छ ।
एमाले सांसद अच्युतप्रसाद मैनालीले सरकारले खर्चमा मितव्ययीता कायम गर्ने भनेको र त्यसअनुसार नीति निर्माण गर्ने भनिरहेको बेला संसद सचिवालयले नै स्टार होटलमा कार्यक्रम राख्ने गरेको भन्दै प्रश्न उठाएका हुन् ।
मैनालीले आज पनि होटलमा कार्यक्रम रहेको भने पनि त्यसबारे विस्तृत बताएनन् । संसद बाहिर कार्यक्रम राख्दा संसद सचिवालयले होटलमा राख्ने गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij