
Jul 02 2025 | २०८२, असार १८ गते
काठमाडौं । धनकुटाको चौबिसे गाउँपालिकास्थित मुढेबास प्रहरी चौकीका इन्चार्ज सहायक प्रहरी निरीक्षक मृत फेला परेका छन् । मृत्यु हुनेमा ४१ वर्षीय प्रकाश चौधरी रहेको प्रहरीले जनाएको छ ।
मोरङ जिल्ला घर भएका चौधरीलाई कोठामा घोप्टो परेको अवस्थामा मृत फेला पारिएको प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले बताए । मृतकको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij