Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

बिपी प्रतिष्ठानका १४० चिकित्सकले दिए सामूहिक राजीनामा

बिपी प्रतिष्ठानका १४० चिकित्सकले दिए सामूहिक राजीनामा

  • काठमाडौँ । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत १४० जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । चिकित्सकहरू लामो समयदेखि रोकिएको वृत्ति विकासको माग गर्दै आन्दोलित हुँदै आएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सम्बन्धित निकायले मागको सुनुवाइ नगरेको भन्दै उनीहरू सरकारको ध्यानाकर्षण गराउन संघीय राजधानी काठमाडौंसमेत गएका थिए ।प्रतिष्ठानका पदाधिकारीबाट मागको सुनुवाइ नभएपछि आन्दोलनरत १७७ जना चिकित्सकहरू स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई भेट्न काठमाडौं गएका थिए ।

    AGNI GROUP

    मन्त्री बस्नेत आफूहरूको मागप्रति अनुदार रहेको भन्दै असन्तुष्ट बनेका १४० जनाले सामूहिक राजीनामा दिएका हुन् । ७ वर्षदेखि आफूहरूको बढुवा रोकिएको भन्दै चिकित्सकहरू आन्दोलित बनेका थिए । प्रतिष्ठानका सहप्राध्यापक डा. एसपी रिमालले मागमा सुनुवाइ नभएपछि मन्त्री बस्नेतलाई मन्त्रालयमा भेटेर राजीनामा पत्र बुझाएको जानकारी दिए ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij