Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

‘हाम्रो अस्पतालमा अन्य सरुवा रोगका बिरामीहरु उपचारका लागि आउँथे, कतिपय रोगका बिरामीले यहाँ निःशुल्क उपचार पाउँथे,’ डा राजभण्डारी

‘हाम्रो अस्पतालमा अन्य सरुवा रोगका बिरामीहरु उपचारका लागि आउँथे, कतिपय रोगका बिरामीले यहाँ निःशुल्क उपचार पाउँथे,’ डा राजभण्डारी

  • काठमाडौं । अस्पतालले आगमी माग १ गतेदेखि अन्य सरुवा रोगका बिरामीलाई पनि भर्ना गरी उपचार सेवा दिने योजना रहेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले स्वास्थ्यखबरलाई बताए। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड बाहेकका सरुवा रोगका बिरामीलाई पनि भर्ना गरेर उपचार सेवा दिने भएको छ।

    images
    images
    images

    स्वास्थ्य मन्त्रालयले कोभिड बाहेकका नियमित सेवाहरु सञ्चालन गर्न निर्देशन दिएपछि शुक्रराज अस्पतालले पनि कोभिड बाहेकका बिरामीलाई पनि भर्ना गरेरै उपचार सेवा दिने तयारी गरेको अस्पतालका निर्देशक डा राजभण्डारीको भनाइ छ।

    ‘हाम्रो अस्पतालमा अन्य सरुवा रोगका बिरामीहरु उपचारका लागि आउँथे, कतिपय रोगका बिरामीले यहाँ निःशुल्क उपचार पाउँथे,’ डा राजभण्डारीले भने, ‘तर कोभिडका मात्र बिरामीलाई भर्ना गर्दा अन्य रोगका बिरामीले बाहिर दुःख पाएका छन्। त्यसैले अब हामी पनि अन्य रोगका बिरामीलाई पनि भर्ना गरेर सेवा दिने तयारीमा छौं।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij