Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

सर्लाही प्रहरीले पर्सा

पेस्तोल र गोली सहित युवक पक्राउ

पेस्तोल र गोली सहित युवक पक्राउ

एक होटलबाट पेस्तोल र गोली सहित एक युवक पक्राउ गरेको छ ।

  • काठमाडौँ । सर्लाही प्रहरीले पर्सा गाउँपालिकामा रहेको एक होटलबाट पेस्तोल र गोली सहित एक युवक पक्राउ गरेको छ । हतियार सहित युवक होटलमा बसिरहेको सूचना पाएर पुगेको प्रहरी चौकी नारायणपुरको टोलीले कटुवा पेस्तोल सहित युवकलाइ  पक्राउ गरेको हो ।

    images
    images
    images

    पर्सा गाउँपालिका–२, मा रहेको रवी होटलबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का २३ वर्षीय दीपक साह हतियारसहित पक्राउ परेको प्रहरी चौकी नारायणपुरका प्रहरी सहायक निरीक्षक किशोरी यादवले बताए ।

    उनका अनुसार साहको साथबाट एक थान सानो कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली बरामद भएको छ । बरामद हतियारसहित उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए ।

    यस सम्बन्धमा आवश्यक अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाइएको प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij