Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

कारागारका एक कैदीको मृत्यु

कारागारका एक कैदीको मृत्यु

  • काठमाडौं । राजविराज कारागारका एक कैदीको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका-३ का ३५ वर्षीय गोरिया भनिने बिरेन्द्र कुमार मलाहाको उपचारका क्रममा बिहान मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले जनाएको छ ।

    images
    images
    images

    मानसिक सन्तुलन गुमेको र मृगौला रोगबाट पीडित मलाहालाई अक्सिजनस्तर कम भएपछि सोमबार अस्पताल भर्ना गरिएको थियो । मृतकका ससूरा महादेवा गाउँपालिका-३ वथनाहाका तुरुन्तलाल मुखियाले ज्वाइँलाई मानसिक समस्या देखिएकाले जेलबाट उपचारमा ल्याउने,लैजाने काम भइरहेको र उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए ।

    images

    उनी ज्यान मार्ने उधोग र डाँका कसुरमा ०७७ पुस २७ गतेदेखि कैदी जीवन विताइरहेका थिए । उनलाई ५ वर्षका लागि कैद सजाय भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij