
Jun 26 2025 | २०८२, असार १२ गते
काठमाडौं । चितवनका किसान सरकारले भुक्तानी नदिएको भन्दै सडकमा नै दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । दूधको बिक्री तथा भुक्तानीमा देखिएको बेथितिको विरोधमा आफूहरू आन्दोलनमा उत्रिएको चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए ।
किसानले सडकमा दूध पोखाउनुका साथै समस्या समाधानका निम्ति प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई ज्ञापनपत्र समेत बुझाएका छन् । आफूहरूको आन्दोलनलाई बेवास्ता गरिए अझ सशक्त रूपमा विरोध गरिने अध्यक्ष बगालले बताए ।
किसानले उत्पादन गरेको दूधको बिक्रीको व्यवस्था र भुक्तानी पाउनुपर्ने दुई माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् । चितवनका किसानले गएको साउनदेखिको करिब ५२ करोड रुपैयाँ भुक्तानी बाँकी रहेको जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij