
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडौं । काठमाडौंमा छिटपुट वर्षा भएको छ । बिहीबार बिहानैदेखि मौसम आंशिकदेखि सामान्य बदली रहेकोमा दिउँसो उपत्यकाका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षा भएको हो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार काठमाडौंको दक्षिणी भूभागमा केही बेर छिटपुट वर्षा भएको हो ।
काठमाडौंसँगै अहिले देशका अधिकांश भूभागको मौसम बदली रहेको र पाल्पा कास्की गोरखा, ललितपुर, सोलुखुम्बु, झापा लगायतका क्षेत्रहरूमा हल्का वर्षा भएको मौसमविद् अधिकारीले जानकारी दिए ।
'भोलि आंशिक सुधार र शनिबारदेखि करिबकरिब सुधार हुने पूर्वानुमान् छ,' मौसमविद् अधिकारीले भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij