Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

काठमाडौमा दैनिक चार घण्टा विद्युत आपूर्ति बन्द हुने

काठमाडौमा दैनिक चार घण्टा विद्युत आपूर्ति बन्द हुने

  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको महाराजगन्ज क्षेत्रका केही ठाउँमा अबको सात दिन चार घण्टासम्म विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।

    images
    images
    images

    महाराजगन्ज क्षेत्रको केही ठाउँमा विद्युत् लाइन भूमिगत गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणको बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

    images

    आज महाराजगन्जको मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।

    त्यसैगरी भोली (फागुन १७ गते) गोंगबु, सामाखुसी, टाउन प्लानिङ क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बत्ती जानेछ भने १८ गते चपली घुम्ती चोक र पासिकोट क्षेत्र, १९ गते हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दाहाल गौंडासम्मको क्षेत्रमा ४ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

    त्यसैगरी २० गते लाजिम्पाटदेखि राष्ट्रपति भवन, टुँडालदेवीसम्मको क्षेत्र, २१ र २२ गते गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij