Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

कर्मचारीको गल्ति सेवाग्राहीलाई जरिवाना

कर्मचारीको गल्ति सेवाग्राहीलाई जरिवाना

  • काठमाडौं । कर्मचारीले भनेअनुसार पोखरा महानगरपालिका–१ बगरका धर्मराज गुरुङले गत १८ पुसमा वडा कार्यालयमा १४ हजार रुपैयाँ सम्पत्ति कर बुझाएर घर फर्किए ।

    images
    images
    images

    घर आएर रसिद हेर्दा रसिदको दायाँ र बायाँ दुबैतर्फको भागको प्रिन्ट नबुझिने खालको थियो । यस्तो नबुझिने रसिद मान्य नहुने थाहा पाएपछि उनी १५ फागुनमा फेरि वडा कार्यालयमा रसिद सच्याउन पुगे । त्यहाँका कर्मचारीले बिग्रिएको रसिदको प्रतिलिपी निकाल्नुपर्ने भन्दै गुरुङसँग रसिदको प्रतिपाना एक सय रुपैयाँ मागे । दुई पाना रसिदको प्रतिलिपी निकाल्दा उनले दुई सय रुपैयाँ बुझाए ।

    images

    आफूले गर्दै नगरेको गल्तीमा २०० जरिवाना लिएपछि आक्रोशित हुँदै गुरुङले यो नगरपालिका हो कि लुटेरा हो भन्दै प्रश्न गरेका छन् । ‘यस्तो त निरंकुशकालमा पनि थिएन’, उनले लेखेका छन् ।

    महानगरपालिकाको प्रिन्टरमा मसी सकिएको समस्यामा सेवाग्राहीलाई जरिवाना तिराएको भन्दै उनले लेखेका छन्, ‘गल्ती अफिसको हो किन सेवाग्राहीमाथि थोपर्ने ?’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij