Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

आज पनि सुनसरीको कर्फ्यू जारी

आज पनि सुनसरीको कर्फ्यू जारी

  • काठमाडौं । सुनसरीका विभिन्न स्थानीय तहमा  विगत तीन दिनदेखि जारी रहेको प्रदर्शन नरोकिएपछि आज पनि कर्फ्यू जारी रहेको छ । 

    images
    images
    images

    सामाजिक सञ्जालमा अपलोड गरिएको एक भिडिओलाई लिएर हिन्दु र मुसलमान समुदायबीच झडप भएको कारण कर्फ्यु लगाइएको थियो । हरिनगरा गाउँपालिकामा एक समूहले स्थानीय जीवन मेहतालाई मरनासन्न हुनेगरी कुटपिट गरेका थिए ।

    images

    उक्त झडपपछि सुरक्षा संवेदनशीलतालाई मध्येजनर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न पाँच वटा पालिकामा कर्फ्यू लगाएको हो ।

    जि.प्र.का सुनसरीले हिजो सर्वदलीय बैठक राखेर दुवै पक्षबीच सहमति गराएको थियो । सहमतिपछि पनि स्थिति नियन्त्रणमा लिन कर्फ्यू कायमै राखिएको छ । हाल सुनसरीको इनरुवा नगरपालिका क्षेत्र, देवानगंज गाउँपालिका वडा नं. २,३,४,५ र ६, भोक्राहा नरसिंह गाउँपालिका क्षेत्र, कोशी गाउँपालिका क्षेत्रमा बेलुका ५ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ ।

    त्यस्तै जिल्लाको हरिनगर गाउँपालिका क्षेत्र र देवानगंज गाउँपालिका वडा नं.१ र ७ मा अर्को सूचना जारी नभएसम्म कर्फ्यू कायमै राखिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij