
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौं । तरकारी बोक्ने मिनीट्रकमा धनकुटाको भेडेटारमा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार आइतबार राति धनकुटाको साँघुरीगढी गाँउपालिकामा पर्ने भेडेटारमा तरकारी लोड गरी रोकिराखेको को १ ख ३२९४ नम्बरको मिनीट्रकबाट ५ सय ४४ किलोग्राम लागुऔषध गाँजा बरामद भएको हो ।
प्रहरीका अनुसार तरकारीको बोराभित्र प्लाष्टिकमा प्याक गरी लुकाइ राखिएको अवथामा गाँजा बरामद भएको हो ।
प्रहरीले गाँजासहित मिनीट्रक नियन्त्रणमा लिएपनि चालक फरार भएका छन् । सब्जी बोक्ने सवारीमा गाँजा ओसारपोसार हुँदै आएको सूचनाका आधारमा प्रहरीले राति चेकजाँच गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij