
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौं । गुल्मीको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापा, उपाध्यक्ष तारा थापा र वडाध्यक्ष रामबहादुर थापासहितको टोलीले ७१ दलित घरपरिवारलाई ट्यांकी प्रदान गरेकाे छ ।
ट्यांकी प्रदान गर्दै गाउँपालिका अध्यक्ष थापाले जतन गरेर उपयोग गर्न आग्रह गरे । वडा नं. ३ ले दलितलक्षित कार्यक्रमअन्तर्गत पानी संकलन गर्न सजिलो होस् भन्ने उद्देश्यले दलित परिवारलाई ट्यांकी प्रदान गरिएको वडाध्यक्ष थापाले बताए ।
ट्यांकी वितरणका लागि वडाले तीन लाख ५० हजार रकम विनियोजन गरेको थियो । ट्यांकी पाएपछि गुल्मीदरबार– ३ की ६९ वर्षीया खगिसरा सार्की खुसी भइन् । ८० वर्षीय शिवबहादुर दर्जीले गाग्रीको पानीले मात्र नपुग्ने अवस्थामा पालिकाले ट्यांकी दिएपछि ठूलो राहत मिलेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij