Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

प्रदेशसभामा पूर्वमन्त्रीले रोष्ट्रममै च्याते बजेट पुस्तक

प्रदेशसभामा पूर्वमन्त्रीले रोष्ट्रममै च्याते बजेट पुस्तक

  • काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले रोष्ट्रममै बजेट पुस्तक च्यातेका छन् ।

    images
    images
    images

    भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रममाथिको छलफलमा भाग लिएका पूर्व भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका उनले आफ्नो भागमा परेको बजेट फिर्ता लैजानु भन्दै पुस्तक च्यातेका हुन् ।

    images

    म्यादीबाट निर्वाचित नेकपा माओवादीका सांसद जुग्जालीले भने, “म्याग्दीलाई तपाईंहरुले विनियोजन गरेको साढे ३ करोड  भौतिकमन्त्री ज्यु मेरो भागमा परेको २ करोड पनि फिर्ता लैजानुस् । २ वर्षसम्म म्याग्दीलाई अन्याय भयो, यो पुस्तक हामीलाई काम छैन । च्यात्न चाहन्छु ।”

    बजेटमा सत्ताको समेत उकुसमुकुस रहेको भन्दै सबैको प्रतिनिधित्व गरेर पुस्तक च्यातेको उनको भनाइ छ ।

    यसअघि नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले ५ असारमा प्रतिनिधिसभाको बैठकमा बजेट पुस्तक च्यातेका थिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij