
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौं । ईपीएस काेरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले उत्पादनतर्फ पहिलो चरणको नतिजा सार्वजनिक गरेको हो । जसमा ६ हजार ३२१ जना उत्तीर्ण भएका छन् ।
गत फागुन ७ गतेदेखि चैत २४ गतेसम्म सञ्चालन भएको परिक्षामा ४० हजार ५८० जना सहभागी भएका थिए । अब पहिलो चरणको परीक्षामा पास भएकाहरूको २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा हुनेछ ।
उनीहरुले अब सिप परीक्षा दिनुपर्नेछ । ‘स्किल र कम्पिटेन्सी टेस्ट’ पास भएपछि मात्रै उनीहरु कोरिया जान पाउने श्रमिकको सूची (रोस्टर)मा सूचीकृत हुनेछन् ।
उत्पादन क्षेत्रतर्फको दोस्रो चरणको परीक्षा पनि वैशाखबाट हुनेछ । यसमा ७९ हजार ९३७ जनाको परीक्षा लिइनेछ ।
उक्त परीक्षा २०८१ को वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म चल्नेछ । तेस्रो चरणको परीक्षामा ३६ हजार १७९ जना परीक्षार्थी सहभागी हुनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij