
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौं । रौतहटमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिकामा सोमबार बिहान काठमाडौंबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस दुर्घटनामा परेको हो ।
बा.प्र-०१-००६ ख. ५२१६ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यी हुन् घाइते १० यात्रु
१ देश भारत सितामढी जिल्ला बस्ने वर्ष ४४ कि रेखा देवीकाे कमर चोट, अवस्था सामान्य ।
२ ऐ.ऐ.बस्ने बस्ने वर्ष २२ को जहदेवी झाको कमर र ढाडमा चोट अवस्था मध्यम ।
३ ऐ.ऐ.बस्ने वर्ष ११ को बिसु कुमार पटेलको बायाँ आखामुनी चोट, अवस्था सामान्य ।
४ ऐ. दरभंगा जिलला बस्ने वर्ष २६ को मोहमद अमजलको कमरमा चोट, अवस्था सामान्य ।
५ ऐ.ऐ. बस्ने मोहमद अकिलको शरीररको दाहिने भागमा चोट, अवस्था मध्यम ।
६ ऐ.ऐ. बस्ने वर्ष ३८ कि नरगिस खातुनको बायाँ हातको कुममा चोट, अवस्था सामान्य ।
७ ऐ.ऐ. बस्ने मोमहद अकिलको छोरा वर्ष २ को आयस प्रतिकको टाउकोमा चोट, अवस्था मध्यम ।
८ जि.धनुषा सिरेश्वरनाथ न.पा. वार्ड न.१ मा बस्ने वर्ष २३ कि अनुष्का निगमको टाउकोमा चोट, अवस्था सामान्य ।
९ ऐ.ऐ जनकपुर बस्ने वर्ष ३५ कि संतोषी ठाकुरको बायाँ कुम र टाउकोमा चोट, अवस्था सामान्य ।
१० जि.महोतरी जलेश्वर न.पा. वार्ड न. ४ मा बस्ने वर्ष ४३ कि पुनम ठाकुरको छाती र कुममा चोट, अवस्था सामान्य ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij