Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

जाजरकोट

सर्पको टोकाइबाट एक बालिकाको ज्यान गयो

सर्पको टोकाइबाट एक बालिकाको ज्यान गयो

  • काठमाडौं । जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६ गंगटेकी ११ वर्षीया दीक्षा शाहीको सुतिरहेको अवस्थामा सर्पले टोकेपछि मृत्यु भएको हो ।

    images
    images
    images

    भेरी नगरपालिकाका विपद् फोकल व्यक्ति यज्ञ गौतमका अनुसार सोमबार राति घरमै सुतिरहेकी दीक्षालाई सर्पले टोकेको थियो। समयमै उपचार नपुग्दा उनको ज्यान गएको हो ।

    images

    मृतक दीक्षा श्री भगवती माध्यमिक विद्यालय गंगाटीयामा कक्षा ६ मा अध्ययनरत छात्रा थिइन् । विद्यालयका प्रधानाध्यापक भुवन शाहीका अनुसार दीक्षा पढाइमा अब्बल र अनुशासित छात्रा थिइन् ।

    सर्पदंशका घटना हरेक वर्ष वर्षायाम सुरु भएलगत्तै बढ्ने गर्छन् । तर, गाउँघरमा उपचार सेवा र जनचेतनाको अभावका कारण अझै पनि यस्ता घटनाले ज्यान लिइरहेका छन् ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij