Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

बाँकेको कोहलपुरमा गोली चल्यो

बाँकेको कोहलपुरमा गोली चल्यो

  • काठमाडौं । बाँकेको कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा गोली चलेको छ । लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बिहीबार बिहान गोली चलाएको हो। 

    images
    images
    images

    काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । ब्युरोबाट इन्सपेक्टर रुपेश विष्ट र सई बालकृष्ण सञ्जेलको टीमले सो अपरेशन गरेको जनाइएको छ ।  

    images

    ब्युरोका एक अधिकारीले कारोबारी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको जानकारी दिए । ती अधिकारीका अनुसार परियारसहित अर्का एक कारोबारी पनि पक्राउ परेका छन् । परियारलाई नियन्त्रणमा लिने क्रममा एक राउण्ड गोली चलेको बताइएको छ । 

    कारोबारीको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद समेत भएको ब्युरोले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij