
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं । समय अवधि नपुगी प्रहरी प्रधानकार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बुधबार राती ५ सय १९ जना इन्सपेक्टरहरूको सरुवा गरेका हुन् ।
ती मध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउने सूचनामा उल्लेख छ । धेरैजसो इन्सपेक्टरहरूको सरुवा हुने समय पुगेको छैन । उनीहरुलाई एक वर्षको अवधि नपुग्दै सरुवा गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij