
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं । नेपाल प्रहरीका दुई जना प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन् । आइतबार प्राविधिक प्रहरी नायव महानिरीक्षकद्वय डा.देउती गुरूङ र ई.नबिन्द अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको २०८१ वैशाख २३ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षक पदमा गुरूङ र अर्याललाई बढुवा गर्ने निर्णय भएको थियो ।
उनीहरुलाई डीआईजीमा बढुवा गर्नकै लागि विशेष पद सिर्जना गरिएको हो ।
गुरुङ र अर्याल अवकास भएसँगै यी दरबन्दी स्वतः हट्नेछन् । देउती गुरुङ केनाइन (कुकुर) स्कुलमा कार्यरत छन् भने अर्याल साइबर ब्यूरोमा कार्यरत छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij