
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं । मोटरसाईकल, साइकलमा हुने गोलिया काठ तस्करी पछिल्लो समय स्कोरपियोमा समेत हुन थालेको छ ।
प्रहरी र बनरक्षकको नजर स्कोरपियोमा नजाने भएपछि तस्करहरूले नयाँ जुक्ति निकाल्दै स्कारपियोमै लोड गरेर गोलिया काठ गन्तव्यमा पुर्याउने गरेको पाइएको छ ।
बन गस्ति टोलि देखेपछि चालकले स्कारपियो छाडेर भागेको डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरका सहायक बन अधिकृत अनिक कुमार महतोले बताए । डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरको बनगस्ति टोलीले यसअघि पिकअप भ्यान र बसमा समेत तस्करी गर्दै गरेको गोलिया काठ बरामद गर्दै आएको थियो ।
राजमार्गका दर्जनौँ स्थानमा प्रहरीको चेकिङ हुने गरेपनि अवैध बस्तुको ओसारपसार नियन्त्रणमा आउन सकेको छैन । तस्करहरुको नयाँ तरिकाले संरक्षण निकायलाई चुनौती थपिदिएको छ ।
पछिल्लो समय बन संरक्षण भन्दा पनि फडानी र तस्करी भइरहेको स्थानीयको भनाई रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij