
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं । संखुवासभामा प्रहरीले कटुवा पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा प्रहरी चौकी नुनढाकी, संखुवासभाकाे प्रहरी टोलीले (एक) थान कटुवा पेस्तोल सहित चैनपुर नगरपालिका-१ नुनढाकी लिवाङ्टारका नैनबहादुर लिम्बुको घरमा बस्दै आएका दिलकुमार चोङवाङलाई पक्राउ गरेको हो ।
दिलकुमारले हतियार बाेकेर हिँडडुल गर्ने गरेको सूचनाको आधारमा उनलाई आइतबार प्रहरीले पक्राउ गरेकाे हाे ।
बरामद भएको कटुवा पेस्तोलसहित चोङवाङविरुद्व मुलुकी अपराध संहिता, २०७४ को हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा जिल्ला अदालत चैनपुरबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएकाे प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij