Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

मोरङमा प्रहरीले गोली चलायो !

मोरङमा प्रहरीले गोली चलायो !

  • काठमाडौं । प्रहरीले लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न गोली चलाएको छ । मोरङमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारी भारतीय नागरिक भागिरथ हरिजनलाई नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौंबाट खटिएको प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्‍जेल नेतृत्वको टोलीले भारतीय नागरिक हरिजनलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । हरिजनको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    images

    उनको खुट्टामा चोट लागेको छ । लागुऔषध कारोबारी हरिजन शिक्षण पेशामा आवद्ध रहेको स्रोतले बताएको छ ।

    लागुऔषध कारोबारमा संलग्न भएको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो । पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि गोली चलाएर उनलाई नियन्त्रणमा लिएको लागुऔषध नियन्त्रण ब्यूरो स्रोतले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij