काठमाडौं । ललितपुर भैसेपाटीबाट जुवातास खेल्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका-२५ फुलवारी मार्गस्थित सुर्खेती सेकुवा कर्नर होटलमा जुवातास खेलिरहेको अवस्थामा मकवानपुर थाहा नगरपालिका-१२ घर भई ललितपुर भैसेपाटी बस्ने ३० वर्षीय श्याम तामाङ समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग बुग्मतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार २ सय ७० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।