Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

लाइसेन्स घोटाला प्रकरण : थप दुई जना कम्प्युटर अपरेटर पक्राउ

लाइसेन्स घोटाला प्रकरण : थप दुई जना कम्प्युटर अपरेटर पक्राउ

  • काठमाडौँ । सवारी लाइसेन्स घोटाला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यातायात व्यवस्था विभागमा कार्यरत कम्प्युटर अपरेटर दिपा न्यौपाने र इलाका प्रशासन कार्यालय सल्यानका कम्प्युटर अपरेटर गणेश भण्डारी छन् । 

    images
    images
    images

    लाइसेन्स घोटालामा हालसम्म पक्राउ पर्नेका सङ्ख्या ११ पुगेको ब्युरोका सूचना अधिकारी (एसपी) होबिन्द्र बोगटीले  जानकारी दिए । यसअघि यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत नारायणप्रसाद पाण्डे सहित ९ जना पक्राउ परेका थिए ।

    images

    हालसम्म पक्राउ पर्नेमा अख्तियारमा कार्यरत सूचना प्रविधि अधिकृत सुरज प्रकाश अर्याल र यातायात व्यवस्था विभागका पूर्व करारका कर्मचारी हरिश भट्ट, लजारस दनुवार, प्रदीप सुनार, अजित मिश्र, मिलन बास्तोला, बिर्जु कुमार चौधरी र वसन्त पाण्डे छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij