
Jun 21 2025 | २०८२, असार ७ गते
काठमाडौँ - काठमाडौँको कागेश्वरी नगरपालिका-५ स्थित थलीमा मृत भेटिएका ५४ वर्षीय कृष्ण नगरकोटीका छोराले पनि आत्महत्या प्रयास गरेको खुलेको छ ।
कृष्णका छोरा रिचेनले जेठ ७ गते चोभार चाल्नाखेलमा ब्लेडले घाँटी काटेर आत्महत्याको प्रयास गर्दै गर्दा प्रहरीले उद्धार गरेको जनाइएको छ । प्रहरीका अनुसार कागेश्वरी-५ स्थित मिलनचोक ओरालोमा बन्दै गरेको सडकको पर्खाल नजिक कृष्णको शव आज बिहान फेला परेको थियो ।
हरीका अनुसार नगरकोटी विगत १५ वर्षदेखि ट्याक्सी चलाउँदै आएका थिए । श्रीमतीले छाडेपछि उनी छोरी रश्मि र छोरा रिचेनसहित काठमाडौँको रवि भवन, गणेशथानमा कोठा लिएर बस्दै आएका थिए ।
ट्याक्सी चलाउँदै आएको भए पनि आर्थिक अभावमा उनीहरूले कोठा भाडा तिर्न नसकेपछि तीन महिनायता उनी छोराछोरीसहित ट्याक्सीमै बस्दै आएको प्रहरीले जनाएको छ ।
कृष्णका छोरा रिचेन र छोरी रश्मि दुवैको मानसिक अवस्था साधारण नदेखिएको प्रहरीले जनाएको छ । जेठ ७ गते बिहान १० बजे सेतोपुल नजिक ट्याक्सी बिग्रिएकाले मिस्त्री बोलाएर ल्याउँछु भन्दै कृष्णले २८ वर्षीया छोरी रश्मिलाई त्यही छोडी छोरा रिचेनलाई साथमा लिएर गएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij