Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

विदेश पठाइदिने भन्दै ३० लाख रुपैयाँ ठगी गरेकाे आराेपमा काठमाण्डाैबाट ३ जना पक्राउ

विदेश पठाइदिने भन्दै ३० लाख रुपैयाँ ठगी गरेकाे आराेपमा काठमाण्डाैबाट ३ जना पक्राउ

  • काठमाण्डाै – काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीमा पठाइदिने भनेर ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    आकर्षक तलबको प्रलोभनमा पारि चार जना व्यक्तिबाट ३० लाख रुपैयाँभन्दा धेरै रकम ठगी गरेको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरेको कार्यालयले जनाएको छ ।

    images

    पक्राउ पर्नेहरूमा कैलालीको भजनी गाउँपालिका–१ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–१ बस्ने विशाल हमाल, काठमाण्डाै महानगरपालिका0७ चाबहिल बस्ने प्रशान्त पण्डित र सप्तरीकाे कोइलाली गाउँपालिका–३ घर भई काठमाण्डाै–३२ तीनकुने बस्नेसैलेश कुमार झा रहेका छन् ।

    प्रहरीका अनुसार विशालले अमेरिका पठाइदिन्छु भन्दै दुई जना पीडितबाट १६ लाख ७० हजार, प्रशान्तले अस्ट्रेलिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट आठ लाख र सैलेशले बेलायत पठाइदिन्छु भन्दै एक जना पीडितबाट पाँच लाख ४० हजार रुपैयाँ ठगी गरेको खुलेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij