
Jun 21 2025 | २०८२, असार ७ गते
काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ स्थित नयाँथिमीमा चोरी भएको छ । ३० वर्षीया कमला त्रिपाठीको डेराबाट ३ लाख ५७ हजार बराबरको सुनको गहना चोरी भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ
मंगलबार साँझ डेराको ताला फोडेर सुनका विभिन्न गहना सहितको धनमाल चोरी भएको हो ।
चोरीमा संलग्न आरोपी फरार छन् । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij