
Jun 14 2025 | २०८२, जेठ ३१ गते
काठमाडौं । रामेछापमा पहिरोले पुरिएर ३ किशोरीको मृत्यु भएको छ । गोकुलगंगा गाउँपालिका–६ फर्पु मा बिहिबार राति खसेको पहिरोले पुरिदा तीनजना किशोरीको मृत्यु भएको हो ।
पहिरोले घर पुरिदा १७ वर्षिया सिता तामाङ, १४ वर्षिया आसिका तामाङ र १३ वर्षिया लक्ष्मी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रोपाईं गरेर घर आएका तीन जना किशोरीहरु आगो बालेर ताप्दै गर्दा घर माथिको ढिस्को भत्किएर लेदो घर भित्र पस्दा लेदोले पुरिएर तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
सोही घरको अर्को कोठामा रहेका विमान तामाङ र उनकी श्रीमतीलाई भने केही नभएको गोकुलगंगा–६ का वडाध्यक्ष चन्द्र सुनुवारले बताए ।
घटनास्थलमा सुरक्षाकर्मी पठाइएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij