Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

टोखामा करेन्ट लागेर युवकको मृत्यु, एक घाइते

टोखामा करेन्ट लागेर युवकको मृत्यु, एक घाइते

  • काठमाडौं । काठमाडौं धापासी हाइटमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार काठमाडौंको टोखा नगरपालिका–६ धापसी हाईट पिपलबोट चुनदेवी मन्दिर नजिकै विद्युतको काम गर्ने क्रममा करेन्ट लागेर काभ्रे घर भएका २० वर्षीय नबिन पहरीको बिहीबार दिउँसो मृत्यु भएको हो । सोही क्रममा २५ वर्षीय अनिल धामीका घाइते भएका छन् ।

    AGNI GROUP

    करेन्ट लागेर गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका दार्चुला घर भएका २५ वर्षीय अनिल धामीको सोही अस्पतालमा उपचार भइरहेको छ 

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका जानकारी दिएकोे छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij