Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

पर्यटन बोर्ड र एसटीएलआरपीलाई तेस्रोपटक पाटा गोल्ड अवार्ड

पर्यटन बोर्ड र एसटीएलआरपीलाई तेस्रोपटक पाटा गोल्ड अवार्ड

  • काडमाडौं । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले तेस्रो पटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अबार्ड प्राप्त गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्यासिफिक ट्रावल एशोसिएसन (पाटा) को थाइल्याण्डमा बुधबार आयोजित कार्यक्रममा पाटका अध्यक्ष पीटर साइमनले (एसटीएलआरपी) परियोजनाका निमित्त प्रवन्धक धर्म दवाडीलाई अर्वाड हस्तान्तरण गएका थिए ।

    AGNI GROUP

    परियोजनाले कम्युनिटी बेस टुरिजममा २०२४ का लागि पाटा गोल्ड अवार्ड पदान गरिएको हो । परियोजनाले नेपालका सात प्रदेश ५८ जिल्ला तथा ८५ वटा नगर÷गाउँ पालिकाहरुसंगको सहलगानीमा विभिन्न स्थानमा पर्यटकीय गन्तव्य निर्माण गरि पर्यटन रोजगारीका अवसरहरू सिर्जना र दिगो पर्यटन विकासमा क्षमता अभिवृद्धि गरेकोले यो अवार्ड प्राप्त गरेको हो ।

    परियोजनाले यस अघि सन् २०२२ र २०२३ मा पनि एसटीएलआरपी परियोजनाले (पाटा) गोल्ड अवार्ड प्राप्त गरेको थियो । एसटीएलआरपीले पर्यटनका माध्यमबाट महिला सशक्तिकरणमा गरेको पहलकदमी, दिगोपन तथा सामाजिक उत्तरदायित्वका लागि २०२३ मा पाटा गोल्ड अवार्ड र २०२२ मा टुरिजम डेस्टिनेसन रेसिलेन्सि विधाअन्तर्गत पाटा गोल्ड अर्वाड प्राप्त गरेको थियो ।

    परियोजनाले निरन्तर पाटा अबार्ड प्राप्त गर्नुले परियोजनाले गरिरेहेका कामले पर्यटन क्षेत्रमा राम्रो योगदान गरेको र त्यसको  मूल्याङ्कन स्वरुप अवार्ड प्राप्त भएको र यसले थपकार्य गर्न प्रोत्साहन मिलेको नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले जानकारी दिइन् ।

    परियोजनाले कोभिड–१९ पछि करिब १० हजार पर्यटन मजदुरहरुलाई अल्पकालिन रोजगारी सिर्जना तथा चार हजार जनालाई क्षमता अभिवृद्धिको तालिम प्रदान सहित सातै प्रदेशका विभिन्न पालिकामा पर्यटकीय गन्तव्य निर्माण गरिएकोले  बोर्डका प्रबन्धक तथा राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठले जानकारी दिइन् ।

    यो अवधीमा परियोजनाले महिलाहरुका लागि रिभर गाइड, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका लागि टे«किङ्ग गाइड, तथा सातै प्रदेशका १५० पालिकाहरुका लागि पर्यटन रणनीति निर्माण , १३० वटा विद्यालयहरुमा राष्ट्रिय दीगो  पर्यटन क्लब गठन गरि पर्यटन जनचेतना अभिवृद्धिको कार्यक्रम तथा पर्यटनसंग सम्बन्धित विभिन्न निजी सरोकारवाला संस्थाहरुसंगको सहकार्यमा विभिन्न विधाका पर्यटन गाइड म्यानुयलहरु निर्माण गरिएको परियोजनाका राष्ट्रिय कार्यक्रम निर्देशक श्रद्धा श्रेष्ठले जानकारी दिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij