Logo

May 26 2025 | २०८२, जेठ १२ गते

May 26 2025 | २०८२, जेठ १२ गते

टिकटकमा जागिर...!

टिकटकमा जागिर...!

  • काठमाडौं । टिकटक कम्पनीले नेपालीका लागि जागिर खुलाएको छ । कम्पनीको आधिकारिक वेबसाइटमा जानकारी दिँदै सार्वजनिक नीति व्यवस्थापक अर्थात् पब्लिक पलिसी म्यानेजरको पदमा जागिर खुलाएको हो ।

    images
    images
    images

    तर, जागिरको केन्द्र नेपाल नभएर दुबईमा हुने कम्पनीले जनाएको छ । विश्वभर ११ स्थानमा कार्यालय भएको टिकटकको मुख्यालय सिंगापुर र अमेरिकाको लस एन्जलसमा छ । अरु कार्यालय दुबई, सिओेल, जकार्ता, टोक्यो, बर्लिन, पेरिस, डब्लिन, लण्डन र न्यू योर्कमा छन् ।

    images

    नेपाल हेर्नेका लागि दुबई भएकाले कार्यालयलाई आधार भएको कार्यालयमा नेपाल मामिला हेर्ने कर्मचारी टिकटकले खुला गर्न लागेको देखिएको छ । सार्वजनिक नीतिमा काम गरेको, सरकारी निकायसँग जोडिएर काम गरेको अनुभव भएका, गैरसरकारी संस्थामा काम गरेको अनुभव भएका तथा नेपाली र अंग्रेजी लेखन, पठनमा पोख्त हुनु पर्ने लगायतका योग्यताहरु टिकटकले तोकेको छ । तलब सुविधा र अरुको बारेमा केही खुलाएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij