Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

अपराध

किशोरीमाथि सामूहिक बलात्कार

किशोरीमाथि सामूहिक बलात्कार

प्रहरीका अनुसार पीडित किशोरीले ५ जनाले आफू माथि सामुहिक बलात्कार गरेको बताएकी छन् ।

  • काठमाडौं । कञ्चनपुरमा १४ वर्षीय किशोरमाथि सामूहिक बलात्कार भएको छ।

    onlinepatrika
    Arghakhachi

    कैलालीको गोदावरी नगरपालिकाकी ती किशोरी माथि कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, रैकवारमा सामूहिक बलात्कार भएको हो।

    AGNI GROUP

    इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्। पीडित किशोरीको जाहेरीपछि कृष्णपुर नगरपालिका–७ कै ती युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार पीडित किशोरीले ५ जनाले आफू माथि सामुहिक बलात्कार गरेको बताएकी छन्।

    नाम खुलेका ३ र अन्य २ जना अपरिचित युवकले बलात्कार गरेको उजुरी आएपछि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ती किशोरी २ गते गोदावरी बाट बिहेमा रैकबार आएकी थिइन्। त्यसैबेला युवकहरूले ललाइफकाइ नियन्त्रणमा लिँदै बन्धक बनाएर बलात्कार गरेको बताएकी छन्।

    प्रहरीलाई जेठ १० गते घटनाबारे जानकारी आएको थियो। किशोरी बेपत्ता भएपछि खोज्दै जाँदा परिवारले रैकबारमा भेटाएको थियो। त्यसपछि आरोपित युवकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट