Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरूले जेठ १५ गते गर्ने प्रदर्शनको विपक्षमा रहन निर्देशन दिएका छन्।
आइतबार नेकपा (एमाले) को बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षणमा बोल्दै प्रधानमन्त्री ओलीले जेठ १५ को प्रदर्शनको विपक्षमा उभिन कार्यकर्ताहरू लाई निर्देशन दिएका हुन्।
‘राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्वहरू सल्बलाउँदा एमालेहरूको मनोबल गिर्न हुँदैन,’ उनले भने, ‘लाज नमानीकन जनतालाई रैती हुन पाउँ भन्नेहरूले फैलाउने भ्रम चिर्नुपर्छ।’
ओलीले प्रतिगामीहरूले जेठ १५ गते गर्ने प्रदर्शनको विपक्षमा तयारी रहन पनि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij