Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

नेपालले आज क्यानडाको सामना गर्दै

नेपालले आज क्यानडाको सामना गर्दै

  • काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज क्यानडाको सामना गर्दै छ ।  क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुने छ ।

    images
    images
    images

    यस सिरिजमा अहिलेसम्म नेपाल, क्यानडा र ओमानले २-२ खेलमा एक एक जित र एक एक हार बेहोरेका छन् । नेपाल र क्यानडाबीच अहिलेसम्म केवल २ टी-२० खेल भएको छ , जसमा नेपालले एक र क्यानडाले एक खेल जितेको छ । 

    images

    यस सिरिजमा नेपालले अर्को खेल बुधबार ओमानसँग खेल्ने तालिका छ । 

    क्यानले क्यानडा टूरमा रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजबंशी र देव खनाल रहेका छन् ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij