Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

मर्यादित भएर चाडपर्व मनाउन काठमाडौँ प्रशासनको आग्रह

मर्यादित भएर चाडपर्व मनाउन काठमाडौँ प्रशासनको आग्रह

  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले आज एक सूचना जारी गर्दै चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गर्नुभयो ।

    images

    जिप्रका काठमाडौँले कानुन विपरीत जुवातास, लङ्गुर बुर्जा खेल्ने/खेलाउने, भूइँचम्पा, पटाका, अतीसबाजीजस्ता विपद् निम्त्याउने, वातावरण प्रदूषण हुने विस्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्रीवितरणलगायत कार्य नगर्न/नगराउन पनि अनुरोध गरेको छ ।

    images

    “कानुनले निषेध गरेका गतिविधि गरे/गराएमा कानुनबमोजिम कारबाही गरिने व्यहोरा समेत सूचित गरिन्छ”, सूचनामा भनिएको छ । तिहार तथा छठलगायत पर्व मर्यादित भएर मनाउन जिप्रका काठमाडौँले सबैलाई आग्रह गरेको छ । सूचनामा उल्लेखित कुराको बर्खिलाप हुने गरी कोहीकसैले कुनै गतिविधि गरेमा प्रहरीलाई खबर गर्नसमेत स्थानीयलाई अनुरोध गरेको छ ।
    ---

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij