Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

बैंकिङ कसुर

सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा: प्रहरी

सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा: प्रहरी

यो वर्ष देशभरका प्रहरी कार्यालयमा ११ हजार ४८ वटा मुद्दा दर्ता भएका छन् ।

  • काठमाडौं । देशभर सबैभन्दा बढी बैकिङ कसुरका मुद्दा दर्ता भएका छन् भने बहुविवाहका मुद्दा कम दर्ता भएका छन् । यो वर्ष देशभरका प्रहरी कार्यालयमा ११ हजार ४८ वटा मुद्दा दर्ता भएका छन् । 

    onlinepatrika
    Arghakhachi

    बैकिङ कसुरमा चेक बाउन्स लगायतका छन् । यो बर्ष देशभर सबैभन्दा कम बहुविवाहका मुद्दा दर्ता भएका छन् । ४ सय ५४ मात्रै बहुविवाहका मुद्दा दर्ता हुन् । देशभरका प्रहरी कार्यालयमा आएका मुद्दाहरुमध्ये सबैभन्दा कम मुद्दा दर्ता भएको प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले बताए ।

    AGNI GROUP

    नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्दै एसएसपी  थापाले आर्थिक वर्ष २०८१/०८२ को १० महिनाको अवधिमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरू सम्बन्धी प्रस्तुतीकरण गर्ने क्रममा मुख्य १० मुख्य अपराधहरूको बारेमा जानकारी दिएका थिए । सार्वजनिक हितमा ६ हजार ८ सय ८५, आत्महत्यामा ५ हजार ४ सय ३१, लागुऔषधमा ४ हजार ४१, चोरीमा २हजार ९ सय ४०, जर्वजस्ती करणीमा १ हजार ८ सय २८, ठगीमा १ हजार ७ सय ५०, सवारी ज्यानमा १ हजार ५ सय ५७, ज्यान मार्ने उद्योगमा ८ सय ९३ मुद्दा दर्ता भएका छन् ।

    पत्रकार सम्मेलनमा मानव स्रोत विकास तथा स्रोतसाधन व्यवस्थापनतर्फ प्रहरीको इकाईगत संख्या, अस्थायी प्रहरी पोष्टमा कार्यरत एवम् नयाँ स्थापना तथा स्तरवृद्धिको लागि माग भएका इकाईहरूको बारेमा संख्यागत विवरण प्रस्तुत गरिएको थियो । एक वर्षको अवधिमा अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषणतर्फ कर्तव्य ज्यान, आत्महत्या, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, बैंकिङ कसूर, लागूऔषध लगायतमा अपराध दर्ता संख्याको प्रदेशगत तुलनात्मक विवरण, साइबर अपराध, फैसला कार्यान्वयन, मानव बेचबिखन, बालबालिका खोजतलास सम्बन्धी तथ्याङ्क र घरेलु हिंसा सम्बन्धी तथ्याङ्क समेत प्रस्तुत गरिएको थियो ।

    एसएसपी थापाले अन्तर्राष्ट्रिय समन्वयतर्फ एनसिबि काठमाडौंले सम्पादन गरेका कार्यहरूको विवरण बारे जानकारी दिएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट