Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

विश्वव्यापी व्यापार

अमेरिकी भन्सार नीतिबारे विश्व व्यापार संगठनका सदस्यहरुको आपत्ति

अमेरिकी भन्सार नीतिबारे विश्व व्यापार संगठनका सदस्यहरुको आपत्ति

मंगलबारदेखि बुधबारसम्म चलेको बैठकमा अमेरिकाको एकतर्फी भन्सार नीतिले सबै संगठनका सदस्यहरू प्रभावित भएको बताएका छन् ।

  • काठमाडौं । स्विट्जरल्याण्डको जेनेभामा आयोजित विश्व व्यापार संगठनका सदस्यहरुले अमेरिकी भन्सार शुल्कले विश्वव्यापी व्यापारमा बाधा पुर्याएको भन्दै आलोचना गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    संगठनको दोस्रो महापरिषद्को बैठकमा बोल्ने सदस्यहरुले अमेरिकी नीतिको आलोचना गर्नुका साथै बलियो बहुपक्षीय व्यापार प्रणालीको लागि आह्वान समेत गरे ।

    AGNI GROUP

    मंगलबारदेखि बुधबारसम्म चलेको बैठकमा अमेरिकाको एकतर्फी भन्सार नीतिले सबै संगठनका सदस्यहरू प्रभावित भएको बताएका छन् । यसका साथै, पारदर्शिताको अभावले विश्वव्यापी व्यापार अनिश्चितता बढाएको छ, आपूर्ति शृङ्खलाहरू अवरुद्ध गरेको, आर्थिक लागत बढाएको छ र खण्डित व्यापार नियमहरूको जोखिम निम्त्याएको जनाइएको छ ।

    युरोपेली संघले संगठनको को पारदर्शिता संयन्त्रहरूको पूर्ण उपयोग गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । सो क्रममा विश्व व्यापार संगठनका सदस्यहरूलाई ऐक्यबद्धता र सहयोगलाई सुदृढ पार्न, साहसिक सामूहिक कार्यहरू गर्न र वर्तमान विश्वव्यापी व्यापार अवस्थालाई प्रभावकारी रूपमा सम्बोधन गर्न संगठनलाई सुधार गर्नुपर्ने धारणा राखे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट