
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । स्विट्जरल्याण्डको जेनेभामा आयोजित विश्व व्यापार संगठनका सदस्यहरुले अमेरिकी भन्सार शुल्कले विश्वव्यापी व्यापारमा बाधा पुर्याएको भन्दै आलोचना गरेका छन् ।
संगठनको दोस्रो महापरिषद्को बैठकमा बोल्ने सदस्यहरुले अमेरिकी नीतिको आलोचना गर्नुका साथै बलियो बहुपक्षीय व्यापार प्रणालीको लागि आह्वान समेत गरे ।
मंगलबारदेखि बुधबारसम्म चलेको बैठकमा अमेरिकाको एकतर्फी भन्सार नीतिले सबै संगठनका सदस्यहरू प्रभावित भएको बताएका छन् । यसका साथै, पारदर्शिताको अभावले विश्वव्यापी व्यापार अनिश्चितता बढाएको छ, आपूर्ति शृङ्खलाहरू अवरुद्ध गरेको, आर्थिक लागत बढाएको छ र खण्डित व्यापार नियमहरूको जोखिम निम्त्याएको जनाइएको छ ।
युरोपेली संघले संगठनको को पारदर्शिता संयन्त्रहरूको पूर्ण उपयोग गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । सो क्रममा विश्व व्यापार संगठनका सदस्यहरूलाई ऐक्यबद्धता र सहयोगलाई सुदृढ पार्न, साहसिक सामूहिक कार्यहरू गर्न र वर्तमान विश्वव्यापी व्यापार अवस्थालाई प्रभावकारी रूपमा सम्बोधन गर्न संगठनलाई सुधार गर्नुपर्ने धारणा राखे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij