
May 24 2025 | २०८२, जेठ १० गते
दाङ । यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान हिरासतमा मृत फेला परेका छन् ।
वडा प्रहरी कार्यालय घोराहीको हिरासतको शौचालयमा जवान रेवन पचभैया मगर सोमबार बिहान मृतअवस्थामा फेला परेका हुन् ।
गत असोज २४ गते भालुबाङका ८ र १४ बर्षिया दुई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सशस्त्र प्रहरी बल ज्वाला माइगणका जवान मगर र अर्का एक प्रहरी हिरासतमा थिए ।
वडा प्रहरी कार्यालयको शौचालय भित्र उनले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएकाे छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij