
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौँ । बर्दियामा भरूवा बन्दुकसहित तीनजना पक्राउ परेका छन् । मधुवन नगरपालिका-३ स्थित कोठिया सामुदायिक वनबाट एक थान भरूवा बन्दुकसहित उनीहरूलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा राजापुर नगरपालिका-१०, नर्सरी बस्ने ६३ वर्षीय चन्द्रबहादुर भण्डारी समेत तीनजना छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूलाई बन्दुकसहित पक्राउ गरेको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij