Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

स्रोत नखुलेको ५ लाखसहित भारतीय पक्राउ...

स्रोत नखुलेको ५ लाखसहित भारतीय पक्राउ...

  • काठमाडौ । स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित रौतहटमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । गौर नगरपालिका– २ महादेवपट्टीबाट अस्थायी प्रहरी चौकी महादेवपट्टीको टोलीले भारतको बिहार मोतिहारी जिल्ला ढाका फुलवरीयाका ४८ वर्षका त्रिभुवन चौधरीलाई ५ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

    images
    images
    images

    नेपालबाट भारततर्फ साइकलमा जादै गरेका चौधरीलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपककुमार रायले बताए ।

    images

    पक्राउ परेका चौधरीले रकमको स्रोत खुलाउन नसकेको र थप अनुसन्धान कार्य जारी रहेको प्रवक्ता रायले बताए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij