
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । काठमाडौंमा स्रोत नखुलेको ८ लाख नगदसहित एक जना पक्राउ परेका छन् ।
सोमबार दिउँसो काठमाडौं महानगरपालिका(१५ डल्लुस्थित झुलुङ्गेपुल नजिकै विष्णुमती करिडोरमा एक जनालाई प्रहरीले स्रोत नखुलेको ८ लाख नगदसहित पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका(८ पशुपती घर भई गोठाटार बस्ने २५ वर्षीय अभय प्रधानलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त स्वयम्भूको टोलीले बागमती प्रदेश ०२–०३१ प। ५१४८ नं।को स्कुटरको डिक्कीमा ८ लाख नगद फेला पारेको हो ।
प्रहरीले चालक प्रधानलाई उक्त नगद र स्कुटरसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij